काठमाडौं । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैँ तिहार २०७९ लाई लक्षित गर्दै ‘सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का’ नामक योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्रमार्फत दुई भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३, तीन भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड १०.२ जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् भने बम्पर लक्की ड्रमार्फत एक भाग्यशाली ग्राहकले यामाहा आर१५ भिथ्री जित्न सक्ने कम्पनीले जनाएको छ । साथै सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेन्टीहरु र निःशुल्क डेलिभरी पनि प्रदान गर्नेछ ।
सेन्साईका सामानहरुको खरिद गरेपछि ग्राहकहरुले आफूलाई लक्की ड्रमा सहभागी गराउन अंग्रेजीमा सेन्साई टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ । कम्पनीले यो योजना गत बिहीबारदेखि सीमित अवधिका लागि मात्र लागू गरेको जनाएको छ ।