काठमाडौ । साताको पहिलो कारोबार दिन आज आईतबार नैं सेयर बजार परिसुचक ओरालो लागेको छ । आज बजार परिसुचक ३३ दशमलव ३६ अंकले ओरालो लागेर एक हजार नौं सय ८९ दशमलव २६ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव पाँच अंकले घटेर ओरालो लागेर तीन सय ८५ दशमलव ७० बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ४३ हजार नौं सय ७७ पटकको कारोबारमा ६१ लाख ४८ हजार तीन सय ४१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजार एक सय तीन रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले उकालो लागेपनि बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।