काठमाडौं । टीभीएसले धनगढी क्षेत्रमा ग्राहकवर्ग लक्षित ‘आपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । शनिबार धनगढीको वागेश्वरी अटोमोटिभ्स प्रालिदेखि स्टेट ७ होटल गोदावरीसम्म आयोजित उक्त राइडअन्तर्गत राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए ।
कार्यक्रमअन्तर्गत राइडमा युटुवर रुपेश विक, भ्लगर चिरञ्जीवी उपाध्याय र टिकटिकर लोकेश ठकुरीलगायतको सहभागिता थियो । उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टीभीएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुसी व्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षासम्बन्धी थप जानकारी समेत मिलेको बताए । उनीहरुले भने ‘यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको चर्चित एवं पर्यटकीय स्थल धनगढीमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागतयोग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौँ ।’
टीभीएसले हालसम्म एओजी राइड कार्यक्रमअन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट मनपराएको पाइएको छ । यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ ।