काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरूलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । यस क्यासब्याक योजनाअन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म), एक पटक क्यासब्याक पाइनेछ ।
ग्लोबल आईएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरूलाई ग्राह्यता दिने भएको हो । बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरूले ग्लोबल स्मार्ट प्लस एपको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउनेछन् । मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समयसापेक्ष यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ । मुलुकका ७७ जिल्लामा दुई सय ८९ वटा शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले दुई सय ७२ वटा एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय ९० भन्दा बढी सेवाकेन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।