काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।
माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरूले मोको डिजिटल वालेटमा बैंकका कार्डहरू लिङ्क गरी विभिन्न सेवाहरू उपभोग गर्न सक्नेछन् । ग्राहकले उक्त बालेटमार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाइल टप अप, इन्टरनेटको, बिजुली, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट खरिद रकम भुक्तानीलगायतका सेवाहरू प्रयोग गर्न सक्नेछन् । यसैगरी बैंकका ग्राहकहरूले मोकोमार्फत स्क्यान टु पेको माध्यमबाट एक हजार पाँच सयभन्दा बढी विभिन्न मर्चेन्टहरूमार्फत कारोबार गरी रकम भुक्तानी समेत गर्न सक्नेछन् । त्यसैगरी माछापुच्छ्रे बैंकका मर्चेन्टहरूले भिसा, अली पे र युनियन पेसँग सम्बद्ध अन्तर्राष्ट्रिय कारोबारको क्यूआरबाटै भुक्तानी लिन सक्नेछन् ।
देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु-याउने उद्देश्यले माछापुच्छ«े बैंकले विभिन्न किसिमका नवीतम सेवा तथा सुविधाहरू ल्याइरहेको छ । साथै बैंकले बढ्दो साइबर अपराधहरूलाई मध्यनजर गर्दै आफ्ना डिजिटल कारोबारहरूलाई अझ सुरक्षित र भरपर्दो बनाउँदै आइरहेको छ ।