काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा तथा ग्राहकहरूमाझ विभिन्न प्रकारका सेवा सुविधाहरू प्रदान गर्दै आएको एनसीसी बैंकले आफ्ना ग्राहकहरूलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडस्थित कर्णाली कियर इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडको तर्फबाट उपनिर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा क्याबिन (डिलक्स)मा २५ प्रतिशत, नर्मल क्याबिन र होल बढी चेक अपमा २० प्रतिशत, अपरेसन चार्जमा १५ प्रतिशत, सिटी स्क्यान र एक्सरेमा १० प्रतिशत र प्याथोलोजी र फार्मेसीमा पाँच प्रतिशतसम्म छुट प्राप्त हुने बैंकले जानकारी दिएको छ ।
देशैभर शाखा सञ्जाल भएको एनसीसीले सातवटै प्रदेशमा गरी एक सय ५६ वटा शाखा १५ एक्स्टेन्सन काउन्टर र एक सय ३३ वटा एटीएम बुथहरू सञ्चालन गरी ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रियरूपमा सहभागी हुँदै आएको छ ।