काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोरबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यो सम्झौतापश्चात् ग्राहकहरूले मेरो स्टोर, बुटवल, रूपन्देहीमा उपलब्ध हुने सेवाहरूमा एकमुष्ट १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेरो स्टोर, बुटवल, रूपन्देहीबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुबिधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले हाल एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।