काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश सिन्धुली जिल्लास्थित खुर्कोट शाखा यही भदौ १५ गते बुधबाट सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरूपमा बैंकिङ सेवा पु-याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैंकिङ सेवा पु-याउने योजना बनाएको छ ।
विगत २१ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका एक सय ९८ वटा शाखा सञ्जाल, एक सय ९४ वटा एटीएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझै बढी सेवा दिने प्रतिबद्धता जनाएको छ ।