काठमाण्डौँ,फागुन १५
दिव्य लघुुवबत्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २२ लाख ४६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ३० लाख ३८ हजार रूपैयाँले ऋणात्मक रहेको थियो । चुक्तापुँजी सात करोड ७० लाख रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा सात करोड ७६ लाख ८१ हजार रूपैयाँ निक्षेप संकलन गरी ४२ करोड २० लाख पाँच हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक करोड २४ लाख ७८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६९ लाख ४८ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ११ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ३३ लाख ७५ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन करोड ३८ लाख १६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ लाख ८० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।