काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन चार दशमलव २९ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन २१ दशमलव १६ अंकले ओरालो लागेर १९ सय ५१ दशमलव ८४ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८७ अंकले ओरालो लागेर तीन सय ७९ दशमलव आठ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २४ हजार छ सय २२ पटकको कारोबारमा ३२ लाख नौं हजार नौं सय ८३ कित्ता सेयर सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब १९ करोड सात लाख ६५ हजार छ सय १३ रुपैंयाँ पुगेको छ । अघिल्लो दिन भने यस्तो कारोबार रकम ९९ करोड रुपैंयाँको हाराहारीमा रहेको थियो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरुको सुचक भने सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य छ अंकले उकालो लागेपनि बाँकी उपसमुहहरुको सुचक भने उच्च अंकले ओरालो लागेका छन् ।