काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले सेयर धितो अर्थात् मार्जिन लेन्डिङ शीर्षकमा मात्र ८० अर्ब ५० करोड ८० लाख रुपैयाँ ऋण प्रदान गरेको देखिएको छ । गत आर्थिक वर्षको सुरुवातदेखि नै सेयर बजार निरन्तर ओरालो लागेको भए पनि बैंक तथा फाइनान्स कम्पनीहरुले २०७९ असार मसान्तसम्ममा सेयर धितोमा मात्र झण्डै एक खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २६ वटा विकास बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक एवं १७ वटा फाइनान्स कम्पनीसहितका ६० वटा संस्थाहरुले उक्त परिमाणमा सेयर धितो कर्जा प्रवाह गरेका हुन् । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ५१ खर्ब ५९ अर्ब १७ करोड ५० लाख एवं ४७ खर्ब नौ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुले मात्र भने सेयर धितो शीर्षकमा ६४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुले २०७९ असार मसान्तसम्ममा कुल ४५ खर्ब ४५ अर्ब १५ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७७ अर्ब ८१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
विकास बैंकहरुले भने २०७९ असार मसान्तसम्ममा सेयर धितो शीर्षकमा ११ अर्ब ७७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्ममा विकास बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः पाँच खर्ब नौ अर्ब ४९ करोड एवं चार खर्ब ४४ अर्ब ९३ करोड ४० लाख रुपैयाँ रहेको थियो । यसैगरी फाइनान्स कम्पनीहरुले भने २०७९ असार असार मसान्तसम्ममा सेयर धितो कर्जामा तीन अर्ब ९१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । राष्ट्र बैंकका यस अवधिमा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः एक खर्ब चार अर्ब ५२ करोड ८० लाख एवं ८६ अर्ब ३० करोड ३० लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा छ हजार तीन सय ९४ वटा रहेको छ भने एटीएम काउन्टरको संख्या चार हजार छ सय दुई रहेको छ । सो मध्ये वाणिज्य बैंकहरुको पाँच हजार नौ, विकास बैंकहरुको एक हजार एक सय १८ र फाइनान्स कम्पनीहरुको दुई सय ६७ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । एटीएम काउन्टरतर्फ भने वाणिज्य बैंकहरुको चार हजार दुई सय ३५, विकास बैंकहरुको तीन सय २३ र फाइनान्स कम्पनीहरुको ४४ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाइ छ ।
