काठमाडौं, फागुुन १६
वैदेशिक रोजगारका लागि फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रुपन्देही दुधराक्ष घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका १९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा प्याकिङ फुड कामको लागि आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी श्रीषले विभिन्न मितिहरुमा ३ जनासँग नगद ३८ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहीन भई फरार भएको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई तारकेश्वर नगरपालिका १९ बासुकिनाग मार्ग मनमैजुबाट पक्राउ गरेको हो ।