काठमाडौं । बजाज थ्री ह्विलर्सको एकमात्र वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडले दशैं, तिहार र छठ अभियान सुरु गरेको छ । यस अभियानको नाम ‘यसपालिको चाड, उपहारसँगै स्वरोजगार’ राखिएको छ ।
बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा बजाज मेक्सिमा सी वा बजाज रे बीएस६ को खरिदमा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसङ एफ२२ स्मार्टफोन पाइनेछ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडका निर्देशक अभिमन्यु गोल्छाले उत्कृष्ट उत्पादनहरूका साथै चाडबाडको अवसरमा रमाइला अफरहरू ग्राहकहरूलाई प्रदान गर्ने कम्पनीको लक्ष्यअनुरुप यो अफर ल्याइएको बताए ।
यो अफरले मानिसहरूलाई बजाज मेक्सिमा सी वा बजाज रे बीएस६ को खरिद गरी आफ्नै देशमा स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्ने उनको दाबी छ । यो अफर सीमित अवधिको लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।