काठमाण्डौँ,फागुन १६
यति समूहका तत्कालीन अध्यक्ष स्व.आङछिरिङ शेर्पाका कान्छा छोरा नवाङ पासाङ शेर्पा जेल चलान भएका छन् । खैरो हिरोइनसहित पक्राउ परेका यती समूहका सदस्य शेर्पासहित चार जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि जेल चलान गरेको छ । उनीहरूmलाई प्रहरीले गत माघ १८ गते खैरो हिरोइनसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका चारै जनलाई जिल्ला अदालत काठमाडौँले बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । राज्यका उपल्लो निकायसम्म सिधै पहुँच बनाएको यती समूहको खराब इमेज समाजमा जाने भन्दै प्रहरीले शेर्पा पक्राउ भएको कुरा एक महिनासम्म पनि गोप्य राखेको थियो । नवाङ यसअघि पनि नक्कली पाइलट लाइसेन्स लिएको विषयमा नवाङ मुछिएका थिए ।