काठमाडौं । जावा नेपालले नयाँ ग्राहकहरूका लागि पर्व अफर ल्याएको छ । जावा नेपालले जावा मात्र नौ प्रतिशतको ब्याजदरमा पाईने अफर ल्याएको हो ।
कम्पनीले आफ्नो फाइनान्सिङ पार्टनर ‘अग्नि हायर पर्चेज लिमिटेड’ सँगको सहकार्यमा यो सुविधा ल्याएको हो । सजिलो फाइनान्सिङ र न्यूनतम ब्याज दरको साथ कुनै पनि झन्झट बिना आफ्नो मनपर्ने जावा खरिद गर्नसकिने कम्पनीको भनाइ छ । साथै चाडपर्वको मौसममा हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेसनल राइडिङ ज्याकेट’ र निःशुल्क ‘हेल्मेट’ पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट चारवटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सेल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीको दाबी छ । यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीईद्वारा प्रमाणीकरण गरिएको छ । त्यसैगरी यसको हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ । कम्पनीले गाडीको लागि सर्वाधिक मूल्यांकनसहित ‘इजी एक्सचेन्ज’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।