अमेरिका । एप्पलका सहसंस्थापक स्वर्गीय स्टिभ जब्सकी कान्छी छोरीले नयाँ आईफोनले आफूलाई आकर्षित गर्न नसकेको बताएकी छिन् ।
आईफोन १४ शृंखलाको समीक्षा गर्दै उनले नयाँ आईफोनले आफ्नो ध्यान खिच्न नसकेको बताएकी हुन् । आफ्नो इन्स्टाग्राममा उनले आफूले आईफोन १३ लाई अपग्रेड गरेर आईफोन १४ बनाउनलागेको बताएकी छिन् ।
एभे जब्सले त्यसैलाई देखाउँदै एउटा तस्बिर पोस्ट गरेकी छिन् जहाँ एक मानिस नयाँ शर्ट फुकाइरहेको छ जुन दुरुस्तै उसले लगाएको शर्टजस्तै छ । खासमा उनले यो पोस्ट शुक्रबार सार्वजनिक भएको आईफोन १४ लाई गिज्याउन गरेको बुझिएको छ । नयाँ आईफोनमा नयाँ क्यामेरा, टिकाउ ब्याट्री र आकस्मिक रुपमा फोन गर्न सकिने क्षमता छ ।
फोन सार्वजनिक कार्यक्रमलाई प्रविधि क्षेत्रले उत्सुकताका साथ हेरेको थियो । स्टिभ जब्सको मृत्यु सन् २०११ मा क्यान्सरका कारण ५६ वर्षको उमेरमा भएको थियो ।