काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ११ दशमलव ४६ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन सोमबार पुन १३ दशमलव ५४ अंकले ओरालो लागेर १९ सय १२ दशमलव ७४ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३९ अंकले ओरालो लागेर तीन सय ७२ दशमलव ३४ बिन्दुमा झरेको छ । यसदिन १३ वटा उपसमुमहरु अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २० हजार पाँच सय ५८ पटकको कारोबारमा २६ लाख १३ हजार पाँच सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा यसदिन कुल सेयर कारोबार रकम ८३ करोड १६ लाख तीन हजार छ सय ५० रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दशमलव शुन्य दुई अंकले उकालो लागेको छ भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।