काठमाडौं । सफ्टवेरिका कलेजले एमएससी डाटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स विषयको पठनपाठन सुरु गरेको छ । कलेजले शनिबार पूर्वविद्यार्थीहरुका लागि अल्मोनाई मिटअप कार्यक्रमका अवसरमा यसबारे घोषणा गरेको हो ।
कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहको अध्ययन गराइरहेको यस कलेजले स्नातकोत्तर तहको पठनपाठन पनि सोही विश्वविद्यालयको सम्बन्धनमा सुरु गरेको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । एमएससीको उक्त पाठ्यक्रमअन्तर्गत मेसिन लर्निङ, डाटा म्यानेजमेन्ट सिस्टम, इन्टेलिजेन्ट इन्फर्मेसन रिट्रिभल, इन्ट्रक्सन टु स्टाटिकल मेथड्स फर डाटा साइन्स, बिग डाटा म्यानेजमेन्ट एन्ड डाटा भिजुअलाइजेसन, आट्रिफिसियल निरल नेटवर्कस, एड्भान्सड मेसिन लर्निङ, इन्डिभिजुअल रिसर्च प्रोजेक्ट प्रिपरेसन र कम्प्युटिङ इन्डिभिजुअल रिसर्च प्रोजेक्टलगायत रहेको कलेजका प्रमुख प्रमोद पौडेलले बताए । ‘यो विषयमा पठनपाठन सुरु गर्नुको हाम्रो मुख्य उद्देश्य विद्यार्थीको सीप विकास गर्नु हो’, उनले भने, ‘डाटा साइन्सको भूमिकामा व्यवसायिक जोखिम व्यवस्थापन, व्यवसायिक, कानुनी, नैतिक र सामाजिक मुद्दाहरुको ज्ञान बढाउनु नै हो ।’
कलेजका अध्यक्ष श्रेष्ठले नेपालमै बसेर कम खर्चमा उत्कृष्ट अन्तर्राष्ट्रिय डिग्री लिने अवसर सफ्वेरिकाले विद्यार्थीलाई प्रदान गर्दै आएको बताए । श्रेष्ठले पढाइ पुरा गरेका विद्यार्थीहरुलाई कलेजका संकायहरु, शिक्षक र पढ्दै गरेका विद्यार्थीसँग नेटवर्किङ गर्न, समन्वय गर्न पनि आग्रह गरे । उनले स्टार्टअप आइडिया भएका विद्यार्थीहरुलाई सहयोग गर्न कलेज तयार रहेको पनि बताए । एमएससी अध्ययन पछि विद्यार्थीहरु तथ्यांक विश्लेषण, स्टास्टिकल एनालाइसिस, मेसिन लर्निङ अल्गोरिथ्मस, आर्टिफिसियल निउरल नेटवर्क, डिप लर्निङ, बिग डाटा म्यानेजमेन्ट सिस्टम र रिसर्च स्किल फर एड्भान्स्ड डाटा साइन्स एन्ड कम्प्युलेसन इन्टेलिजेन्समा निपुण हुने पौडेलले बताए । यस्तै, विद्यार्थीका लागि ४० प्रतिशतभन्दा बढी छात्रवृत्तिको समेत व्यवस्था गरिएको कलेज प्रमुख पौडेलले बताए ।