एजेन्सी नयाँ दिल्ली, फागुन१६
भारतका एक युव २६ वर्षमै अर्बपति बनेका छन् । ओयो होटलका संस्थापक भारतीय युवा रितेश अग्रवाल आफ्नै बलबुतामा अर्बपति बन्न सफल भएका हुन् । उनले १९ वर्षको उमेरमा यसको सुरुवात गरेका थिए । हुरुन ग्लोबल रिच सूचीमा उनलाई ‘सेल्फ मेड बिलेनियर’ भनिएको छ । उक्त सूचीको पहिलो नम्बरमा भने २२ वर्षीया कायली जेनर छिन् ।
भारतको उडिशा हुन् उनी । उनले कलेज समेत छोडेका थिए । तर सन् २०१३ मभा उनले १ लाख डलरको पिटर थाइल फेलोशिप मिलेको थियो । सन् २०११ मा उनी दिल्ली आएका थिए । सोही क्रममा उनलाई कुनै व्यवसायको तलतल लाग्यो । उनले इन्जिनियरिङ कलेजको प्रवेश परीक्षा समेत छोडेका थिए । सन् २०१३ मा उनले ओयोको सुरुवात गरे । १ लाख डलरको फेलोशिपकै पैसा उनले ओयोमा लगानी गरे । सेप्टेम्बर २०१८ सम्म आइपुग्दा ओयोले १ अर्ब डलरको लगानी जुटायो । सन् २०१९ जुलाईमा उनले कम्पनीमा आफ्नो सेयर स्वामित्व तीन गुणा वृद्धि गरे । यसका लागि उनले २ अर्ब डलरको सेयर खरिद गरेका थिए । नवभारत टाइम्सबाट