काठमाडौं । सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन २१ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन ४७ दशमलव ४४ अंकले उकालो लागेर १९ सय ८१ दशमलव ४८ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव १९ अंकले उकालो लागेर तीन सय ८५ दशमलव ३६ अंकमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३१ हजार २३ पटकको कारोबारमा ४६ लाख १८ हजार पाँच सय १६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ४५ करोड ३८ लाख २४ हजार छ सय ५० रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।