काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर प्रोटोनले ‘गन्तव्य खुसियालीको’ अफर ल्याएको छ । यो योजनाअन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कुटर पाउन सकिन्छ । यस्तै पहिलो वर्षको सडक कर र बीमा पाउनुका साथै सहज इन–हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिने कम्पनीले जनाएको छ ।
यो अफर प्रोटोनका सागा सेडान र एक्स ५० र एक्स ७० एसयूभीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना बिहीबारदेखि नेपालभर सीमित अवधिको लागि मात्र लागू हुने बताइएको छ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स नेपालको लागि प्रोटोनका गाडीको आधिकारिक वितरक हो । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्धता सुनिश्चित गर्न राष्ट्रव्यापी रुपमा डिलरहरुको सञ्जाल निर्माण गरेको छ ।