काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीको यही भदौ २९ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधारण सेयरको बिक्री खुल्ला भएको हो ।
बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही असोज २ गते र ढिलोमा असोज १२ गते बन्द हुनेछ । बिक्री गरिने कुल सेयरमध्ये पाँच प्रतिशत अर्थात् ५७ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि, तीन प्रतिशत अर्थात् ३४ हजार पाँच सय कित्ता सेयर कर्मचारीको लागि छुट्याइएको छ भने बाँकी १० लाख ५८ हजार कित्ता सेयर सेयर सर्वसाधारणको लागि बिक्री गरिनेछ ।