महेन्द्रनगर, फागुन १८
भीमदत्त नगरपालिकाले १३औँ सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७६ को अवसरमा आयोजना गरेको कृषि प्रदर्शनी प्रतियोगितामा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ । गत बिहीबार आयोजित किसानको प्रर्दशनी मेलामा विभिन्न नौवटा विधामा प्रतियोगिता आयोजना गरिएको भए पनि छवटा विधागत प्रतियोगितामा मात्र किसानको सहभागिता रहेको भीमदत्त नगरपालिकाका कृषि विकास अधिकृत कृष्णदत्त पाण्डेयले बताए । नगरपालिकाले आयोजना गरेको विभिन्न विधागत प्रतियोगिमा सहभागीहरूमध्ये खाद्यान्न बाली समूहमा गहँु बालीका किसान भीमदत्त नगरपालिका १८ का देवकी भट्ट प्रथम भएकी छिन् । यस्तै द्वितीयमा भीनपा १६ बासु पन्त, तृतीयमा भीनपा १६ कै सावित्री पाण्डेय र सान्त्वनामा भीनपा १० का गगनसिंह साउँद भएका छन् । यस्तै आलुबाली समूहमा भीमदत्त नगरपालिका १० का महावीरसिंह साउँद प्रथम भएका छन् । यस्तै द्वितीयमा भीनपा ६ का हेमन्ती भट्ट, तृतीयमा भीनपा १४ का सन्तोष राना र सान्त्वनामा भीनपा २ का भानु चौधरी भएका छन् । विविध बालीअन्तर्गत तमातरबालीका भीमदत्त नगरपालिका २ का जयराम जोशी प्रथम भएका छन् ।
द्वितीयमा भीमदत्त नगरपालिका १६ का च्याउ किसान टेकबहादुर ओली भएका छन् भने तृतीयमा भीनपा १० का कुखुरा किसान इन्द्रसिंह ऐर भएका छन् । सान्त्वनामा भीनपा १८ का गड्यौला व्यवसायी देवीदत्त कलौनी भएका छन् । नगदेबालीअन्तर्गत भीमदत्त नपा १० का तरुल व्यवसायी प्रभाकर पन्त प्रथम भएका छन् यस्तै, द्वितीयमा भीमदत्त नपा ११ का तोरी किसान दिपक खड्का भएका छन् । तृतीयमा भीमदत्त नपा १४ का तोरी किसान ओमी राना र सान्त्वनामा भीमदत्त नपा ६ का तोरी व्यवसायी गोपालदत्त पन्त परेका छन् । फलफूल बाली विधाअन्तर्गत भीमदत्त नगरपालिका १ का अमला किसान बसन्ती कुवँर प्रथम भएकी छिन् । द्वितीयमा भीमदत्त १५ का कागती व्यवसायी कृष्णदेव भट्ट, तृतीयमा भीमदत्त १० का महावीरसिंह साउँद लिची भएका छन् । यस्तै सान्त्वनामा भीमदत्त नपा १० का मेवा किसान तुलादत्त जोशी भएका छन् ।तरकारीबालीअन्तर्गत भीमदत्त १० का तुलादत्त जोशी बन्दाको प्रर्दशनी गररेर प्रथम भएका छन् । यस्तै द्वितीयमा भीमदत्त १० का काउली किसान कौशा साउँद, तृतीयमा भीमदत्त १४ का केराउ किसान सन्तोष राना भएका छन् । सान्त्वनामा भीमदत्त १८ का मूला व्यवसायी देवीदत्त कलौनी भएका छन् । भीमदत्त नगरपालिकाद्वारा आयोजना गरिएको उक्त प्रदर्शनीमा करिब २५ जना किसानहरूको सहभागिता रहेको थियो । नगरपालिकाका कृषि अधिकृत पाण्डेयका अनुसार सबै विधा समूहमा प्रथम हुनेलाई समान दुई हजार, द्वितीय हुनेलाई एक हजार पाँच सय, तृतीय हुनेलाई एक हजार र सान्त्वना हुनेलाई पाँच सय रूपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।