काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा पाँच करोड २७लाख १० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा पाँच करोड २३ लाख ५० हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार रूपैयाँ रहेको संस्थाले आव २०७८/०७९ मा ६६ करोड ८० लाख १५ हजार रूपैयाँ निक्षेप संकलन गरी दुई अर्ब सात करोड २३ लाख ८० हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड ९४ लाख ९७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड २८ लाख नौ हजार रूपैयाँ छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ८५ प्रतिशत छ ।