काठमाडौं । ‘दि नेपाल डिस्टिलरिज’ले ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ । नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र शो स्टपर साम्राज्ञी आरएल शाहको सिक्वेन्समा गत बिहीबार ‘न्यूड सुपेरियर भोड्का’ अनावरण गरिएको हो ।
कम्पनीका अनुसार ‘न्यूड सुपेरियर भोड्का’ नेपालको पहिलो राइसबेस्ड भोड्का हो । राइसबेस्ड भएका कारण यसमा अभूतपूर्व प्राकृतिक मिठास पाउन सकिन्छ भने यसमा अतिरिक्त चिनी मिश्रण गरिएको छैन । साथै, ग्लुटेन फ्री तथा ग्लिसरिन फ्रीजस्ता विशेषताले भोड्कालाई थप उच्चकोटीको बनाएको छ । अतिरिक्त स्मूथनेस र उत्कृष्टताका लागि सानो ब्याचमा चारकोल फिल्टर गरी ‘न्यूड सुपेरियर भोड्का’ तयार पार्ने गरिएको कम्पनीले जनाएको छ ।
शतप्रतिशत स्थानीय सामग्रीहरु प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्लेन्डर क्रिस्टोफर आम्र्सले ‘न्यूड सुपेरियर भोड्का’ डिजाइन गरेका हुन् । भोड्कालाई चिसो बनाई पिउने विश्वव्यापी प्रचलन छ, ‘न्यूड सुपेरियर भोड्का’ पनि यसैगरी पिउन द नेपाल डिस्टिलरिजले सुझाएको छ ।