काठमाडौं । अरुण काबेली पावर लिमिटेडले १० प्रतिशत बोनस सेयर वितरण गर्नै घोषणा गरेको छ । कम्पनीको यही असोज दुई गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ८५ करोड ५२ लाख १० हजार पाँच सय रुपैयाँमध्येबाट करबाहेक १० प्रतिशतको अनुपातमा बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । कम्पनीका अनुसार लाभांश वितरणसम्बन्धी प्रस्ताव विद्युत् नियमन विभागबाट स्वीकृत भई आगामी १२औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।