काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा सात करोड तीनलाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा नौ करोड ६५ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८/०७९ मा एक अर्ब ६२ करोड ८४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९६ करोड ५८ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३४ करोड छ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संंस्थाको प्रोभिजन रकम एक करोड ७४ लाख आठ हजार रुपैयाँ छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९४ प्रतिशत छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब २७ करोड १७ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २९ करोड ३१ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३० करोड ५९ लाख आठ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ३२ लाख ९३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ६५ प्रतिशत रहेको थियो ।