काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)को बाँडफाँट कार्य सम्पन्न भएको छ । सेयर निष्काशन एवं बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा मंगलबार सेयर बाँडफाँट कार्य सम्पन्न भएको हो । बाँडफाँटमा गोलाप्रथामार्फत एक लाख पाँच हजार आठ सय जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएको कम्पनीले जानकारी दिएको छ । साधारण सेयरको लागि कुल १५ लाख १३ हजार सात ८८ जना आवेदकले आवेदन दिएकोमा एक हजार दुई सय ५१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीले भदौ २९ गतेबाट असोज दुई गतेसम्म सर्वसाधारणको लागि साधारण सेयरको बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको हो । यसरी बिक्री खुला गरिएको कुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् ५७ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि, तीन प्रतिशत अर्थात् ३४ हजार पाँच सय कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र यीबाहेक बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको हो  ।