काठमाण्डौँ,फागुन १९
सिभिल बैंकले आफ्नो शाखा सञ्जालमा विस्तार गर्ने क्रममा काठमाडौँ जिल्लाको बाङ्गेमुढामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमका बीच सिभिल बैंकका अध्यक्ष ई.इच्छाराज तामाङ तथा काठमाडौँ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यले संयुक्तरूपमा बैंकको बाङ्गेमुढा शाखाको उद्घाटन गरेका हुुन् । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भुरुङखेलस्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षाकोठा मर्मतसम्भार तथा सजावटको लागि २५ हजार रूपैयाँको आर्थिक सहयोग प्रदान गरिएको बैंकले जानकारी दिएको छ । सो सहयोग रकम बैंकका अध्यक्ष इच्छाराज तामाङद्वारा प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभी श्रेष्ठलाई प्रदान गरिएको हो ।
त्यसैगरी काठमाडौँ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यले त्यस क्षेत्रमा सिभिल बैंकले आफ्नो शाखा विस्तार गरी सो क्षेत्रको सामाजिक तथा आर्थिक उन्नतिमा टेवा पु¥याउने कुरामा विश्वस्त रहेको बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले त्यस क्षेत्रका बचतकर्ता तथा उद्यमी व्यवसायीहरूलाई उच्चस्तरीय बैंकिङ सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाए । उक्त शाखाको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगाना, नेपाल प्रहरी जनसेवा, विशाल बजारका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहलगायत, जनसेवा ट्राफिक प्रहरीका निरीक्षक गोविन्द राउतलगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो । बैंकको हालसम्म चार लाख ३० हजारभन्दा बढी ग्राहकहरू रहेको करिब ५३ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ५२ अर्ब कर्जा लगानी गरेको बैंकको नेपालभर कुल शाखा संख्या एक सय ११ पुगेकोे छ ।