काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली गरी ल्याउँदै गरेको सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब ६० ग्राम तौलको तीन थान औँठी र आईफोन मोबाइल दुई थानसहित रामेछाप सुनापती गाउँपालिका–२ का ३६ वर्षीय किरण कुमार तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । हिमालय एयरलाइन्सद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैधरूपमा लुकाएर भन्सार छली गरी लैजान लागेको सुन र मोबाइल फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । उक्त सुन र मोबाइलसहित उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।