काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशनको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । बोर्डका अनुसार उक्त कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशनको लागि अनुमति मागेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । बोर्डका अनुसार उक्त कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट अनुमति पाएलगत्तै कम्पनीले सर्वसाधारणको लागि सेयर बिक्री आह्वान गर्नेछ ।