काठमाण्डौँ,फागुन १९
खल्ती वालेट र नेपाल रेमिटबीच खल्ती एपबाटै मनि ट्रान्सफर सेवा प्रदान गर्ने सम्झौता भएको छ । योसँगै अब नेपालमै पहिलो पटक अनलाइनबाटै रेमिट्यान्स गर्न मिल्ने भएको छ । विगत १५ वर्षदेखि निरन्तर अतुलनीय सेवा दिँदै आइरहेको नेपाल रेमिट र डिजिटल वालेट खल्तीबीच भएको सम्झौताअनुसार आइतबारबाट नै खल्ती एपको प्रयोगकर्ताहरूले एपको प्रयोग गरी मिनेटभरमै नेपालभर जुनसुकै ठाउँमा, सस्तो दरमा, सुरक्षित रूपमा पैसा पठाउन सक्नेछन् ।
साथै आगामी दिनहरूमा नेपाल रेमिटको देशैभर छरिएर रहेको सात हजार पाँच सयभन्दा बढी एजेन्टहरूको अफिसबाट खल्ती वालेट लोड गर्न सकिने, विश्वको कुनै पनि कुनाबाट नेपाल रेमिटमार्फत आएको पैसा खल्ती एपकै प्रयोग गरी निकाल्न तथा बैंकमा जम्मा गर्न सकिने प्रविधि पनि सुरु गर्ने तयारी गरेको छ । कम्पनीले प्रविधिको व्यापक प्रयोग गरी रेमिट्यान्स सेवालाई सस्तो, सुरक्षित, र छिटोछरितो बनाउने अभियानमा नेपाल रेमिट रहेको नेपाल रेमिटका प्रविधि विशेषज्ञ बसन्त भुसालले जानकारी दिए ।