काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा खुम्चिएको छ । संस्थाको खुद मुनाफा आर्थिक वर्ष २०७८–०७९ मा १० करोड ४७ लाख १९ हजार रुपैयाँमा खुम्चिएको हो । अघिल्लो आवमा भने संस्थाले १२ करोड ५० लाख २७ हजार रुपैयाँ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ३२ करोड रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा एक अर्ब १३ करोड ६६ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७१ करोड १० लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३४ करोड १५ लाख ६३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ६९ लाख ७३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव शून्य आठ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ९९ करोड ३९ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३२ करोड चार लाख सात हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३८ करोड नौ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात करोड छ लाख ९५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६६ प्रतिशत रहेको थियो ।