काठमाडौं । सानिमा बैंकले एक अर्ब २० करोड रुपैयाँबराबरको सामूहिक लगानी कोष बिक्री गर्ने भएको छ । बैंकका अनुसार कोष प्रबधक सानिमा बैंक नै रहने गरी सानिमा म्युचुअल फण्डअन्तर्गत रहने गरी प्रतियुनिट १० रुपैयाँ अंकित मूल्य कायम रहेको १२ करोड इकाइ सानिमा ग्रोथ फन्ड बिक्री गर्न लागिएको हो । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको बैंकको इकाइ बिक्री कार्य गरी कात्तिक १६ गतेबाट सुरु भई छिटोमा कात्तिक २० गते र ढिलोमा कात्तिक ३० गते बन्द हुनेछ । बिक्री गरिने कुल इकाइमध्येमा १३ प्रतिशत अर्थात् एक करोड ५६ लाख युनिट कोष प्रबधक सानिमा बैंकको लागि, दुई प्रतिशत अर्थात् २४ लाख इकाइ कोष व्यवस्थापक सानिमा क्यापिटलको लागि समेत गरी कुल एक करोड ८० लाख इकाइ बिज पुँजीबाहेक १० करोड २० लाख इकाइ सर्वसाधारणमा बिक्री गरिने बैंकले जानकारी दिएको छ ।