काठमाडौं । सेयर बजार परिसुुचक उकालो लागेको छ । अघिल्लो दिन १६ अंकले ओरालो लागेको ५५ करोड २७ लाखको सेयर किनबेच भएकोमा साताको चौंथो कारोबार दिन आज बुधबार भने बजार परिसुचक एवं कारोबार रकम दुबै नै बढेका छन् ।
जसअनुसार आज बुधबार बजार परिसुचक ११ दशमलव ३२ अंकले उकालो लागेर १८ सय ६६ दशमलव ४८ बिन्दुमा चढेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ अंकले उकालो लागेर तीन सय ६६ दशमलव १९ बिन्दुमा चढेको छ ।
आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट १४ हजार एक सय ८६ पटकको कारोबारमा २० लाख ८५ हजार दुई सय ८४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज दिन कुल सेयर कारोबार रकम ६९ करोड १७ लाख ३७ हजार आठ सय ९४ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्ये ट्रेडिङ र सामुहिक लगानी कोष उपसमुहको सुचक क्रमशः १३ दशमलव ८८ र शुन्य दशमलव २४ बिन्दुले ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।