काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ११ अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन चार दशमलव १५ अंकले उकालो लागेर १८ सय ७० दशमलव ६३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९५ अंकले उकालो लागेर तीन सय ६७ दशमलव १४ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय २२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट १७ हजार एक सय ४५ पटकको कारोबारमा २६ लाख ९८ हजार तीन सय ४७ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ८२ करोड ९६ लाख ४६ हजार नौं सय २० रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये जलबिद्युत उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।