काठमाडौं । काठमाडौंको बालुवाटारमा सिशा मी आर्ट ग्यालरी खुलेको छ । हिमानी ट्रष्टका तर्फबाट दिलाशा राज्यलक्ष्मी देवी राणाले उक्त ग्यालरीको एक समारोहको बीच उद्घाटन गरेकी हुन् ।
ग्यालरीमा विशेष गरी तेल र मसीद्वारा कागजमा तयार गरिएका आर्टहरु राखिएका छन् । ग्यालरीमा नेपालका चर्चित चित्रकार वीरेन्द्र प्रताप सिंहसहितका अन्य तीन जना चित्रकारहरु नेपालका सिद्धान्त प्रताप सिंह, जापानका योइची टाडा र फान्सका भिनसेन्ट ग्रिवेद्वारा कोरिएका चित्रहरु राखिएका छन् । ग्यालरी स्वदेशी र विदेशी चित्रकारहरुको कला र कलाकारलाई प्रवर्द्धन गर्न खोलिएको ग्यालरीका सञ्चालकले जानकारी दिएका छन् ।
ग्यालरीमार्फत बिक्री भएका चित्रबाट आउने रकममध्ये १० प्रतिशत रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्न हिमानी ट्रष्टलाई दिने पनि सञ्चालकले बताएका छन् । ग्यालरीको उद्घाटन समारोहमा दिलाशा राज्यलक्ष्मीसहित नेपाल प्रहरीका एआईजी रविन्द्र धानुकसहितका अन्य विशिष्ठ व्यक्तिहरुको उपिस्थिति थियो ।