काठमाण्डौँ,फागुन २०
सिद्धार्थ बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका भिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा यही फागुुन १६ गते दाङको तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम साना तथा मझौला व्यापारीहरूलाई विशेष गरी बैंकिङ कर्जासम्बन्धी जानकारी, जस्तैः व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका ४५ भन्दा बढी साना तथा मझौला व्यापारीहरू सहभागी भएका थिए ।
देशभरि सबै क्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरूलाई प्रोत्साहन, सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले आगामी दिनहरूमा पनि बैंकले यस किसिमका वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएको छ । बैंकले हाल देशभर एक सय ८२ वटा शाखा (तीन वटा एक्सटेन्सन काउन्टरसहित), एक सय एक शाखारहित बैंकिङ सेवा, दुुई सय चारवटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।