काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमालेखको संख्या बढे पनि कुल बीमा शुल्क रकम भने घटेको छ । बीमा समितिका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले दुई लाख २३ हजार सात सय २७ वटा बीमालेख जारी गरी तीन अर्ब ३९ करोड ८७ लाख २० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । तर निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको यो बीमा शुल्क चालू आवकै साउन महिनामा संकलन भएको कुल बीमा शुल्क रकमभन्दा एक अर्ब सात करोड ६७ लाख रुपैयाँले कम हो ।
समितिका अनुसार चालू आवको साउनमा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले दुई लाख २१ हजार छ सय ४२ वटा बीमालेख बिक्री गरेर चार अर्ब ४७ करोड ५४ लाख रुपैयाँबराबरको बीमा शुल्क आर्जन गरेका थिए ।
समितिका अनुसार चालू आवको भदौ महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले १२ हजार एक सय पाँच वटा बीमालेखबाट १४ करोड ८८ लाख ३८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले तीन हजार एक सय नौवटा बीमालेख जारी गरी ११ करोड ८४ लाख ४० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा राष्ट्रिय बीमा कम्पनीले तीन हजार पाँच सय ३१ वटा बीमालेखबाट ३६ करोड १८ लाख ९३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा नेशनल इन्स्योरेन्स कम्पनीले दुई हजार सात सय २५ वटा बीमालेखबाट आठ करोड ५० लाख ५८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको समितिको भनाइ छ । यसैगरी युनाइटेड, प्रिमियर, नेको र सगरमाथा इन्स्योरेन्स कम्पनीले भने चालू आवको भदौमा क्रमशः आठ हजार नौ सय ३९, १२ हजार नौ सय १८, २३ हजार चार सय ७७ र १८ हजार पाँच सय ७३ वटा बीमालेख जारी गर्दा क्रमशः नौ करोड ७२ लाख ५४ हजार, १९ करोड ८८ लाख ३५ हजार, २६ करोड ८६ लाख ७७ हजार र २६ करोड ११ लाख २६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
प्रभु, आईएमई जनरल र प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीहरुले भने चालू आवको भदौ मसान्तमा क्रमशः नौ हजार चार सय ८८, आठ हजार सात सय १५ र १० हजार पाँच सय ६३ वटा बीमालेख जारी गरी क्रमशः १९ करोड ५१ लाख २७ हजार, १२ करोड ५० लाख ६७ हजार र ११ करोड ७८ लाख ३४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । समितिका अनुसार शिखर, लुम्बिनी जनरल र एनएलजी इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो अवधिमा क्रमशः २० हजार चार सय १५, १० हजार छ सय नौ र १४ हजार छ सय ८० वटा बीमालेख जारी गरी क्रमशः ३१ करोड ७१ लाख ९७ हजार, १३ करोड ३७ लाख ९६ हजार र २० करोड २१ लाख ६१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
यसैगरी सिद्धार्थ, जनरल र अजोड इन्स्योरेन्स पनि चालू आवको भदौमा क्रमशः १७ हजार एक सय ९६, छ हजार ४५ र १२ हजार छ सय सातवटा बीमालेखबाट क्रमशः २३ करोड ५७ लाख ७२ हजार, छ करोड ६३ लाख १३ हजार र १५ करोड १६ लाख ५९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । समितिका अनुसार सानिमा जनरल र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पछिल्लो अवधिमा क्रमशः सात हजार एक र २१ हजार २१ वटा बीमालेख जारी गरी क्रमशः आठ करोड २५ लाख ३५ हजार र २३ करोड १० लाख ३७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।