काठमाडौं । पछिल्लो एक वर्षमा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी ३५ अर्ब ४६ करोड ६० लाख रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी तीन खर्ब २० अर्ब ६२ करोड ९० लाख रुपैयाँ रहेको थियो । तर पछिल्लो अर्थात् २०७८/०७९ मा भने वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी ३५ अर्ब ४६ करोड ६० लाख रुपैयाँले बढेर तीन खर्ब ५६ अर्ब नौ करोड ५० लाख रुपैयाँ छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समयमा वाणिज्य बैंकहरुले धेरै विकास बैंक र फाइनान्स कम्पनीहरुलाई मर्जर तथा प्राप्ति गरी आफूमा समाहित गरेको र बोनस सेयर समेत जारी गरेका कारण कुल चुक्ता पुँजी बढेको हो ।
वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी ग्लोबल आईएमई बैंकको रहेको छ । आर्थिक वर्ष २०७८/०७९ सम्ममा ग्लोबल आईएमईले २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी पु-याएको छ । यस अवधिमा सबैभन्दा कमजोर चुक्ता पुँजी भने सिभिल बैंकको देखिएको छ । सिभिलले आव २०७८/०७९ सम्ममा कुल नौ अर्ब सात करोड ५८ लाख ४४ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको देखिएको छ । नबिल बैंकले भने पछिल्लो अवधिमा नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेर २२ अर्ब ८३ करोड २९ लाख नौ हजार रुपैयाँ चुक्ता पुँजी पु¥याउन सफल भएको छ । आव २०७८/०७९ मा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, एनएमबी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले भने क्रमशः १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार, १८ अर्ब ६२ करोड छ लाख २७ हजार, १८ अर्ब ३६ करोड ६७ लाख छ हजार र १८ अर्ब ३० करोड ७४ लाख ७१ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्न सफल भएका छन् ।
यसैगरी मेगा बैंकले पनि आव २०७८/०७९ मा १६ अर्ब १२ करोड चार लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्न सफल भएको छ । यीबाहेक राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले क्रमशः १४ अर्ब ९४ करोड तीन लाख ५९ हजार, १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार, १४ अर्ब ४० करोड ५९ लाख चार हजार र १४ अर्ब २० करोड नौ लाख ७४ हजार रुपैयाँ चुक्ता पुँजी पु-याएका छन् ।
आव २०७८/०७९ मा हिमालयन बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकले भने क्रमशः १२ अर्ब ९६ करोड, ८७ लाख ५७ हजार र १२ अर्ब ७० करोड ८७ लाख चार हजार, १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्न सफल भएका छन् । यसैगरी एनआईसी एसिया बैंक, लक्ष्मी बैंक, सानिमा बैंक र एनसीसी बैंकले पनि पछिल्लो अवधिमा क्रमशः ११ अर्ब ५६ करोड ६४ लाख, ११ अर्ब ५५ करोड १३ लाख, ११ अर्ब ३२ कारेड ७३ लाख र ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । बैंक अफ काठमाण्डू, माछापुच्छे«, सनराइज र नेपाल एसबीआई बैंकले पनि पछिल्लो अवधिमा १० अर्ब ६२ करोड ३९ लाख, १० अर्ब २५ करोड ७१ लाख, १० अर्ब ११ करोड ८८ लाख र नौ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
सेञ्चुरी कमर्सियल बैंक, एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने आव २०७८/०७९ मा क्रमशः नौ अर्ब ५५ करोड ३९ लाख, नौ अर्ब ४६ करोड ७३ लाख र नौ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ कुल चुक्ता पुँजी कायम गरेका छन् ।
