काठमाडौं । हुण्डी कारोबारमा संलग्न दुई व्यक्तिहरुलाई पनि पक्राउ गरिएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सुचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाका अनुसार पक्राउ पर्नेहरुमा भारतको हरियाणा प्रदेश हिसार घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. १७ ढल्को बस्ने ३७ बर्षिय नवीन गोयल र कपिलवस्तुको कृष्ण नगर घर भई हाल ललितपुरको भैसपाटी बस्ने ४५ बर्षिय उमेश महेश्वरी रहेका छन् ।
उनीहरुको साथबाट ४१ लाख ९६ हजार रुपैंयाँ बरामद भएको प्रहरी उपरीक्षक कोईरालाले बताए । पक्राउ परेका दुबै जनालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको छ ।