काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एसिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकको रूपमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको यही कात्तिक दुई गते बसेको पाँच सय ७१औँ बैंठकले बुधबारदेखि नै लागू हुनेगरी उनलाई उक्त पदमा नियुक्ति गरेको हो ।
नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको शपथग्रहण समेत लिएका छन् । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरूको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए ।
बैंकको सेयरधनी समूहबाट सञ्चालकको रूपमा नियुक्त भएको अवसरमा लम्साललाई उनको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवारले हार्दिक बधाई ज्ञापन गरेको छ ।