काठमाडौं । बीओके क्यापिटल मार्केट लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही कात्तिक ४ गते शुक्रबार वार्षिक साधारणसाधारण सभा सम्पन्न गरेको हो ।
कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा बसेको सभाले आव २०७८/७९ को वित्तीय विवरणहरू परित गर्नुका साथै आव २०७८/७९ मा सञ्चित मुनाफाबाट पाँच दशमलव ७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय अनुमोदन गर्नुका सथै आगामी आव २०७९/८० को बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लि., कम्पनी ऐन, २०६३ बमोजिम विधिवत् दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले समीक्षा अवधिमा छवटा कम्पनीहरूको प्राथमिक सेयर तथा हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी कार्य गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ भने जम्मा ११ वटा कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी कार्य गरिरहेको छ ।
यस कम्पनीले हालसम्म जम्मा ८५ हजार छ सय ८९ हितग्राही खाता खोलिसकेको छ । लगानी व्यवस्थापन सेवाअन्तर्गत ९८ जनाको १७ करोडबराबरको लगानी व्यवस्थापन गरिएको छ । मूल्य अभिवृद्धि र बढ्दो ब्याजदरले सेयर बजारमा समेत ४० प्रतिशतभन्दा बढी गिरावट आएकोे यस्तो कठिन अवस्थामा पनि कम्पनीले सुझबुझका साथ कार्यसम्पादन गरी सातौँ वार्षिक साधारणसभाबाट प्रस्तावित पाँच दशमलव ७९ प्रतिशत नगद लाभांश पारित गर्न सफल भएको छ ।