काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १४ दशमलव ३५ अंकले उकालो लागेर १८ सय ५८ दशमलव ४९ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८८ अंकले उकालो लागेर तीन सय ६५ दशमलव ९३ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरुको दुई सय २१ वटा कम्पनीहरुको कारोबार भएका छन् । जसबाट १३ हजार ८१ पटकको कारोबारमा १५ लाख ३८ हजार ४२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ५१ करोड ६८ लाख तीन हजार चार सय ८४ रुपैंयाँ कायम भएको छ । आज कुल कारोबार भएका कुल उपसमुहहरु मध्ये होटल तथा पर्यटन र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।