काठमाडौं, ग्यालेक्सी एजुकेसन एन्ड माइग्रसशन सर्भिसेज (जेम्स)ले मोक टेस्ट परीक्षा सञ्चालन गरेको छ । मोक टेस्ट परीक्षा आईएलटीएस परीक्षा दिनुभन्दा अगाडि लिइने परीक्षा भएको उक्त संस्थाका सञ्चालिका पूर्वमिस नेपाल एवं समाजसेवी प्रिती सिटौलाले जानकारी दिइन् । अन्य संस्थाहरूले यस्तो परीक्षाको लागि शुल्क लिने गरेको भए पनि जेम्सले भने नेपालमा पहिलो पटक निःशुल्करूपमा आइतबार मोक टेस्ट परीक्षा लिएको उनले बताइन् । सोही संस्थाका अर्का सञ्चालक एवं पूर्वसञ्चारकर्मी दिपेश श्रेष्ठका अनुसार पहिलो पटक लिएको मोक टेस्ट परीक्षामा विभिन्न क्षेत्रबाट आएका १५ जना विद्यार्थीहरूको सभागिता रहेको थियो । ‘आइतबारबाट सुरु गरेको यो परीक्षालाई अबदेखि प्रत्येक साताको आइतबार निःशुल्करूपमा निरन्तर सञ्चालन गर्छौँ’, श्रेष्ठले भने । सञ्चालक श्रेष्ठका अनुसार मोक टेस्ट परीक्षामा स्पिकिङ, राइटिङ र रिडिङको परिक्षा लिने गरिएको छ ।