काठमाण्डौँ,फागुन २०
एनआईसी एसिया बैंककले मुद्दती खातामा उच्च ब्याजदरसँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बीमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न अविस्वासनीय सुविधाहरू दिँदै आएको बैंकको व्याक्तिगत मुद्दती खातामा ग्राहक महानुभावहरूको लागि तीन विभिन्न अतुलनीय बीमा सुविधा दिएको छ । जसले परम्परागतरूपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषा नै फेरिदिएको छ ।बैंकले ग्राहक महानुभावहरूको सुविधाको लागि न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप खातामार्फत जीवनमा आइपर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रूपैयाँसम्मको चामत्कारिक बीमा सुविधा दिएको छ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरूपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहक महानुभावले १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधि उपचार बीमा सुविधा पाउन सक्नेछन् । ग्राहक महानुभावले बहिरङ्ग (ओपडी) उपचार गर्नुपरेमा २० हजार रूपैयाँसम्मको सुविधा लिन सकिनेछ । यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधिलगायतका काममा खर्च गर्न सक्नेछन् । ग्राहक सिकिस्त बिरामी भई अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रूपैयाँसम्म बीमाबाटै खर्च गर्न सकिनेछ ।
बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म एक सय दुई जना ग्राहकले यो सुविधाबाट ६० लाखभन्दा बढीको बीमा रकम प्राप्त गरिसकेका छन् । एनआईसी एसिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरूको लागि निकै फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । २१ लाखसम्मको बीमा सर्वसाधारण आफैँले गर्नुपरेमा करिब १४ हजार रूपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । तर, यस न्यू सुपर चामत्कारिक योजनाअन्तर्गत बैंक स्वयम्ले उक्त बीमा सुविधाबापत लाग्ने बीमा शुल्क (प्रिमियम) सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बैंकले सम्झौता गरेअनुरूप भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनै पनि अतिरिक्त शुल्क खर्च नगरी १४ हजार रूपैयाँको सेवा लिन सक्नेछन् ।
न्यूनतम एक लाख वा सोभन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरूपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहक महानुभावले १८ घातक रोगहरूको लागि २ लाख रूपैयाँसम्म र ५० हजार रूपैयाँसम्मको औषधि उपचार बीमा सुविधा पाउन सक्नेछन् ।
ग्राहक महानुभावहरूले न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा यो फाइदा लिन सक्नुहुनेछ । बैंकर्स संघमा भएको भद्र सहमतिअनुसार बैंहरूले मुद्दती निक्षेप खातामा नौ दशमलव २५ प्रतिशतसम्म ब्याज पाउनेछन् । त्यसमा शाखाप्रमुखले बढीमा शून्य दशमलव पाँच प्रतिशतसम्म ब्याजदर थप्न सक्छन् । त्यसैले प्राय सबै बैंकले मुद्दती निक्षेप खातामा बढीमा नौ दशमलव ७५ प्रतिशतसम्म ब्याज दिन्छन् । एनआईसी एसिया बैंकले भने सर्वाधिक उच्च ब्याजदरसँगै आफ्ना ग्राहकवर्गको फाइदाको लागि २१ लाख रूपैयाँसम्मको बीमा सुविधा थप गरेको हो ।