काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २० करोड ९१ लाख ३६ हजार नौ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १४ करोड ७३ लाख ६३ हजार तीन सय ३६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी तीन अर्ब ७८ करोड १० लाख नौ हजार १४ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ४५ अर्ब ५७ करोड ४४ लाख ६९ हजार नौ सय ९३ रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ३८ करोड ८६ लाख २७ हजार २७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५० करोड २९ लाख ७७ हजार छ सय ७३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य नौ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३० प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक करोड २३ लाख ५२ हजार ९२ रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले ४३ अर्ब २७ करोड ६५ लाख ४७ हजार सात सय ५३ रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ४९ करोड ६६ लाख ११ हजार चार सय १८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३७ करोड ९७ लाख ४३ हजार दुई सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ५२ प्रतिशत रहेको थियो ।