काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ६७ लाख एक हजार नौ सय ५२ रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नोक्सानी नौ लाख ११ हजार ३६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार छ सय रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ५१ करोड ७३ लाख पाँच हजार छ सय ९३ रुपैयाँ निक्षेप संकलन गरी ४७ करोड १० लाख ८७ हजार दुई सय २१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ लाख ७६ हजार छ सय ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ३२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ३३ करोड ६६ लाख ७२ हजार दुई सय ८८ रुपैयाँ निक्षेप संकलन गरी ३४ करोड २० लाख ३७ हजार आठ सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात लाख १५ हजार दुई सय ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा सात दशमलव पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ६३ प्रतिशत रहेको थियो ।