काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ७८ लाख ३६ हजार आठ सय १२ रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा छ लाख १६ हजार पाँच रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५१ करोड ९० लाख रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा तीन अर्ब १६ लाख १६ हजार चार सय १० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७३ करोड ४२ लाख ६४ हजार आठ सय १० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ७० लाख ४० हजार दुई सय ७३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव शून्य चार प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले दुई अर्ब ९२ करोड ३७ लाख ४७ हजार सात सय ८० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५८ करोड १५ लाख ७२ हजार सात सय ७८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ६३ लाख १६ हजार सात सय ५७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव १५ प्रतिशत रहेको थियो ।