काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा २४ करोड २० लाख २७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ३९ अर्ब ५६ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ८१ कारेड छ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६५ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले २९ अर्ब ८१ करोड ६३ लाख रुपैयाँ निक्षेप संंकलन गरी चार अर्ब ९५ करोड ५० लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।